सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यक्षलाई बुझाउने स्पष्टीकरण तयार गर्दै एमाले नेपाल समूह

अध्यक्षलाई बुझाउने स्पष्टीकरण तयार गर्दै एमाले नेपाल समूह

सत्तारुढ दल नेकपा (एमाले)को माधव–झलनाथ पक्षका चार जना नेताहरु स्पष्टीकरण पत्रलाई अन्तिम रुप दिन जुटेका छन्।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपा (एमाले)को माधव–झलनाथ पक्षका चार जना नेताहरु स्पष्टीकरण पत्रलाई अन्तिम रुप दिन जुटेका छन्।

पार्टी केन्द्रीय कमिटीले स्पष्टीकरण सोधेपछि उनीहरु त्यसका लागि अहिले छलफल गरिरहेका छन्। 

वरिष्ठ नेता माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले स्पष्टीकरण पत्रलाई अन्तिम रूप दिइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिँदै उनीसँग पनि स्पष्टीकरण सोध्न लागिएको ती नेताले बताए।

पार्टी महासचिव ईश्वर पोखरेलले तीन दिनको म्याद राखेर पत्र काटेपछि बुधबार दिनभर नेता नेपालसहित स्थायी कमिटी सदस्यहरू बसेर स्पष्टीकरण पत्र तयार पारेका थिए।

देशभरका नेता–कार्यकर्ताहरूले दिएको सुझाव पनि त्यसमा समेटिएको छ। एकीकृत गरेर छुट्टाछुट्टै पत्र तयार पार्ने काम भइरहेको छ।

प्रकाशित: Mar 25, 2021| 12:06 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।