सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भागरथी बलात्कार हत्या प्रकरण : आरोपितसँग मृतकको डीएनए म्याच

भागरथी बलात्कार हत्या प्रकरण : आरोपितसँग मृतकको डीएनए म्याच

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग म्याच भएको छ। 
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग म्याच भएको छ। 

प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट डीएनए म्याच भएको रिपोर्ट आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए।

‘घटनामा अन्य वस्तुगत तथ्य र प्रमाणसमेत मिलेकै कारण आरोपित ठहर गरेका थियौं,’ उनले भने,‘ अहिले डीएनएसमेत म्याच भएको छ।’

मृतक भट्टको जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो। फागुन ४ गते दिनेशको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो। फागुन २६ गते जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो।

सुधार गृहमा रहेका बेला उनले आफू घटनामा संलग्न नरहेको र अरु कसैको संलग्नता रहेको भन्दै परिवारका सदस्यहरूलाई जानकारी दिएपछि उनका बुवाले पत्रकार सम्मेलन गरेर छोराको संलग्नता नदेखिएको बताएका थिए।

डीएनए म्याच भएसँगै अनुसन्धान थप बलियो बनेको एसएसपी सिंहले जानकारी दिए। 

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथीको शव माघ २३ मा खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा भेटिएको थियो।

प्रकाशित: Mar 25, 2021| 08:04 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।