काठमाडौं– सरकारले पशुजन्य वस्तुको निश्चित उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पशुजन्य निश्चित उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा गर्ने भएका हुन्।
निश्चित उत्पादनमा आत्मनिर्भर घोषणा गर्न लागिए पनि कुनकुन वस्तुमा आत्मनर्भिर घोषणा गर्न लागेको हो खुलाइएको छैन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले ठ्याक्कै कुनकुन उत्पादनमा आत्मनर्भिर घोषणा गर्न लागिएको आफूलाई थाहा नभएको बताए।
पशुसेवा विभागका प्रवक्ता चन्द्र ढकालले पनि कुनकुन वस्तुमा मुलुक आत्मनिर्भर घोषणा गर्ने भन्ने कुरा आफूलाई जानकारी नभएको बताए।
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालकी प्रेस संयोजक देवीका घर्तीमगरले निश्चित वस्तुमा आत्मनिर्भर घोषणा गन लागिएको जानकारी दिइन्।