सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेको माधव–झलनाथ पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेको माधव–झलनाथ पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

शुक्रबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– समानान्तर गतिविधि अगाडि बढाइरहेको नेकपा एमालेको माधव–झलनाथ पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए।

‘पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने, ‘सबैलाई उपस्थित हुन भनिएको छ। उपत्यकाबाहिरका साथीहरु आउन नसके पनि यहाँ उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी हुनेछन्।’ 

राजनीतिक, वैचारिक रूपमा विभाजनको रेखा कोरिसकेको माधव–झलनाथ पक्षले सांगठनिक आधार पनि बनाइरहेको छ। 

अहिलेसम्म युवा संघ, महिला संघ र विद्यार्थीको भेला आयोजना गरेर समानान्तर कमिटी गठन गरिएको छ। 

माधव–झलनाथ पक्षले पार्टी विभाजन होस् भन्ने आफूहरुको चाहना नरहेको बताउँदै आएको छ। 

‘पार्टी अध्यक्ष केपी ओली विधानअनुरूप, सर्वोच्च अदालतको फागुन २३ को फैसलाअनुसार चल्नुपर्यो भन्ने हाम्रो माग रहँदै आएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘उहाँ २०७५ जेठ २ मै फर्कन नचाहेर एकलौटी अघि बढेकाले समस्या उत्पन्न भएको हो।’ 

चैत ७ गते अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक राखेर चारजना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि एमाले विभाजनकै अवस्थामा पुगेको छ। 

नेताहरूले स्पष्टीकरण सार्वजनिक रुपमा र त्यससँगै अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न पनि गर्ने तयारी गरिरहेका छन्। 

बुधबार मनमैजुस्थित एक नेताको घरमा लामो छलफल गरेका नेताहरू बिहीबार पनि छलफलमा जुट्ने बताइएको छ। 

अध्यक्ष केपी ओलीले नै एमालेलाई विभाजन गर्ने हिसाबले नै अघि बढिरहेको माधव–झलनाथ पक्षको बुझाइ छ।

प्रकाशित: Mar 25, 2021| 06:09 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।