सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा २४ घण्टामा ५३ हजार संक्रमित थपिए, साढे दुई सयको मृत्यु 

भारतमा २४ घण्टामा ५३ हजार संक्रमित थपिए, साढे दुई सयको मृत्यु 

भारतमा केही सातायता कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको छ। पछिल्लो फैलावटलाई महामारीको दोस्रो लहर मानिएको छ।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– भारतमा केही सातायता कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको छ। पछिल्लो फैलावटलाई महामारीको दोस्रो लहर मानिएको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५३ हजार ४७६ जना संक्रमित थपिएका छन्। त्यसैगरी २५१ जना संक्रमितको मृत्यु भएको छ। 

भारतमा अहिले पनि ३ लाख ९५ हजारभन्दा बढी सक्रिय संक्रमित छन्। त्यहाँ अहिलेसम्म १ करोेड १७ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ। यीमध्ये १ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।  

भारतमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको छ। बीबीसीका अनुसार १८ वटा राज्यमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको हो। 

भारतमा केही सातायता कोरेना संक्रमितको संख्या बढ्न थालेको छ। तर, थपिएका संक्रमितमा कुन किसिमको भाइरस संक्रमण भएको हो भन्ने यकिन भइसकेको छैन।

कोरोनाको नयाँ भेरिएन्ट विदेशी नागरिकमा पनि देखिएको बताइएको छ। भाइरसको नयाँ म्युटेसन करिब १५ देखि २० प्रतिशत स्याम्पलमा भेटिएको छ। 
यसैबीच, भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्यातमा रोक लगाएको छ। 

भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड निर्यातमा रोक लगाएको हो। 

केही सातायता कोरोना संक्रमितको संख्या बढेको र भ्याक्सिनको पनि माग बढेका कारण तत्कालका लागि भ्याक्सिन निर्यातमा रोक लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। घरेलु मागलाई प्राथमिकता दिन केही समयका लागि निर्यातमा रोक लगाइएको मन्त्रालयको भनाइ छ। 

हिजो बुधबार एकै दिन त्यहाँ करिब ४७ हजार संक्रमित थपिए भने २७५ जनाको मृत्यु भयो।

भारतले विश्वका ७६ देशलाई ६ करोड डोज कोरोनाको भ्याक्सिन उपलब्ध गराएको छ। 

नेपालले पनि भारतमै उत्पादित कोभिसिल्ड भ्याक्सिन प्रयोग गरिरहेको छ। आफ्नो देशमा भ्याक्सिन लगाउन सुरु गरेलगत्तै उसले नेपाललाई पनि १० लाख डोज खोप अनुदानमा दिएका थियो। 

प्रकाशित: Mar 25, 2021| 05:00 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।