सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साहित्यको संरक्षण गर्न प्रतिष्ठान बनाउँछौँ : मुख्यमन्त्री शाही

साहित्यको संरक्षण गर्न प्रतिष्ठान बनाउँछौँ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली भाषा र साहित्यको संरक्षण गर्न प्रतिष्ठान बनाउने बताएका छन्।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली भाषा र साहित्यको संरक्षण गर्न प्रतिष्ठान बनाउने बताएका छन्।

बुधबार कर्णाली साहित्य समाजले वीरेन्द्रनगरमा आयोजना गरेको ‘पुरस्कार तथा सम्मान अर्पण’ कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्रीले यस्तो बताएका हुन्।

‘कर्णालीको साहित्य, कला र संस्कृतिको संरक्षण गर्न सरकारले प्रतिष्ठान बनाउने तयारी गरेको छ’ मुख्यमन्त्री शाहीले भने, ‘ऐन बन्ने वित्तिकै प्रतिष्ठान गठन हुन्छ।’ कर्णाली प्रदेश भाषा, कला र संस्कृतिको उद्गमस्थल भएको तर्क गर्दै उनले यसको संरक्षणको लागि प्रतिष्ठान आवश्यक रहेको दाबी गरे। ‘कर्णाली नेपाली भाषाको उद्गमस्थल र संस्कृतिको धनी प्रदेश हो।’ शाहीले भने, ‘कर्णालीको इतिहासलाई जोगाउन प्रतिष्ठान आवश्यक छ।’

पछिल्लो समय पश्चिमा संस्कृतिका कारण कर्णालीको भाषा, साहित्य र संस्कृति लोप हुने खतरा बढको भन्दै संस्थापक संरक्षक कथाकार महेशविक्रम शाह, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलगायतले संरक्षण गर्न आवश्यक रहेको बताएका थिए।

यसैबीच कर्णालीकै ठूलो धनराशीको पुरस्कार ललित विष्टको कथा संग्रह ‘मोहपथ’ लाई प्रदान गरिएको छ। कर्णाली साहित्य समाजले स्थापना गरेको ५० हजार राशीको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ मोहपथका लेखक ललित विष्टलाई प्रदान गरिएको हो।

त्यस्तै शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘कर्णाली साहित्य समाज साधना सम्मान’ अर्पण गरिएको छ। जोशीले नेपाली भाषा, साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो। कार्यक्रममा जोशी भने सहभागी भएका थिएनन्।

यस्तै २५ हजार राशीको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ सुर्खेतका लोकसाधक प्रेमदेव गिरीलाइ प्रदान गरिएको छ। नेपाली लोक साहित्य, लोकगीत र बाद्यवादनको क्षेत्रमा पुर्‍ याएको योगदानको कदर गर्दै गिरीलाई पुरस्कृत गरिएको हो। 

प्रकाशित: Mar 24, 2021| 12:48 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।