काठमाडौं– सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि ५६ अर्ब बजेट विनियोजन गरेको छ । संसद्मा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्यका साथ ५६ अर्ब बजेट विनियोजन गरेका हुन् ।
१२ सय वडामा स्वास्थ्य केन्द्र निर्माणका लागि ४ अर्ब बजेट विनियोजन गरेको उनले बताएका छन् । प्रत्येक स्थानीय निकायका एक चिकित्सक उपलब्ध गराँउने, अस्पतालमा जेष्ठ नागपरिक वार्ड राखिने, घुम्ति अस्पताल सञ्चालन गरिने उल्लेख गरेका छन् ।
अर्थमन्त्री खतिवडाले स्वास्थ्य विमा देशभर बिस्तार गर्ने, गर्भवतीलाई यातायात खर्च दोब्बर गर्ने पनि घोषणा गरेका छन् । उनले स्वास्थ्य क्षेत्रमा सबैको पहुँचका लागि काम गर्ने सरकारको नीति रहेको उल्लेख गरेका छन् ।
यस्तै आर्युवेदिक विश्वबिद्यालय सञ्चालनका लागि पनि अर्थमन्त्रीले १० करोड रुपैँया विनियोजन गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४