काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) आज बुधबार ४१.३६ अंकले बढेर २५७०.३१ अंकमा पुगेको छ।
त्यसैगरी २०८ वटा कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँमा खरिद–बिक्री भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर उपसमूहबाहेक १२ उपसमूहको सूचक सकारात्मक देखिएको छ। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ।
आज साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जलविद्युत् लगानी तथा विकास कम्पनीको ९.९७ प्रतिशत, चन्द्रागिरी हिल्सको ९.९५ प्रतिशत, आरएसडिसि लघुवित्तको ९.९४ प्रतिशत, माउन्टेन हाइड्रोको ९.९२ प्रतिशत र कालिका पावर कम्पनीको ९.७६ प्रतिशतले बढेको छ।
रैराङ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशतले घटेको छ भने अपर तामाकोसीको ३.२६ प्रतिशत, साञ्जेन जलविद्युतको ३.२१ प्रतिशत, खानीखोला हाइड्रोपावरको २.३४ प्रतिशत, जोशी हाइड्रोको २.२९ प्रतिशत र आँखु खोला हाइड्रोको १.९६ प्रतिशत घटेको छ।
बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै ६५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ।