काठमाडौं– स्प्रिङ सिजनको लागि तीन हिमाल चढ्न ४५ जनाले अनुमति पाएका छन्।
पर्यटन विभागले स्प्रिङ सिजनको लागि पहिलो चरणमा पाँच टोलीलाई नुप्त्से, मनास्लु र अन्नपूर्ण हिमाल चढ्न अनुमति दिएको हो।
विभागका अनुसार ७ हजार ८६४ मिटर अग्लो नुप्त्से हिमाल आरोहणका लागि एक टोलीका चार जनाले अनुमति लिएका छन्।
त्यस्तै, ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढ्न एक जनाले मात्रै अनुमति लिएका छन्।
अन्नपूर्ण अरोहणको लागि भने तीन टोलीका ४० जनाले अनुमति लिएका छन्। अन्नपूर्ण ८ हजार ९१ मिटर अग्लो छ।
कूल ४५ जनाबाट ८८ लाख २३ हजार बढी राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ।