काठमाडौं– ओपोले नेपाली बजारमा एफ१९ प्रोको बिक्री आरम्भ गरेको छ। कम्पनीले देशभर रहेका प्रमुख अफलाइन रिटेल स्टोर्समार्फत स्मार्टफोनको बिक्री खुला गरेको हो।
मार्च १६ मा एक अनलाइन लञ्च ईभेन्टमार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ१९ प्रोका साथमा ओपो ब्याण्ड स्टाइल र ओपो एफ१९ पनि सार्वजनिक गरेको थियो।
८जीबी ¥याम र १२८जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ१९ प्रोको मूल्य नेपालमा रु. ४४ हजार ९ सय ९० तोकिएको छ । कम्पनीले स्मार्टफोन फ्यान्ट्यास्टिक पर्पल र फ्ल्यूइड ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।
ओपो एफ१९ प्रोमा ६.४३ ईञ्च पञ्च होल एमोलेड डिस्प्लेका साथमा सेल्फीका लागि ३२एमपी फ्रण्ट फेसिङ क्यामेरा दिइएको छ । यस स्मार्टफोनको ब्याक प्यानलमा ४८एमपी क्वाड क्यामेरा सहित ४ वटा क्यामेरा सेन्सरको व्यवस्था गरिएको छ । तिनमा ४८एमपीको प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइट, २एमपी माक्रो र २एमपी मोनो क्यामेरा रहेका छन् ।
अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफ सिरिज परिचित छ । एफ१९ प्रोमा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ । थ्रीडी कभ्र्ड ब्याट्री र ७.८एमएम अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजन जम्मा १७२ग्राम मात्र रहेको छ ।