शुक्रबार, असोज ९, २०८३

तीनवटा प्रदेशमा सिटी एक्सप्रेसको एजेन्ट मिट

 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही चैत ५, ६ र ७ गते धनगढी, नेपालगन्ज र दाङमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक–एक दिने एजेन्ट भेटघाट र तालिम कार्यक्रम सम्पन्न गरेको छ। 

उक्त कार्यक्रममा लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको थियो। सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यवस्थापन समूहको उपस्थिति थियो।

विगतको समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरी यस वर्षको प्रदेश ५, ६ र ७ को एजेन्ट मिट २०७७ सम्पन्न गरिएको थियो।

प्रकाशित: Mar 24, 2021| 06:40 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्