शुक्रबार, असोज ९, २०८३

वाणिज्य बैंकहरुको कर्जा निक्षेपभन्दा दोब्बर

भदौयता वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेको छ। गत फागुन महिनामा मात्र निक्षेपको तुलनामा साढे दुई गुणा बढीले कर्जा प्रवाह भइरहेको छ। 
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं– भदौयता वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेको छ। गत फागुन महिनामा मात्र निक्षेपको तुलनामा साढे दुई गुणा बढीले कर्जा प्रवाह भइरहेको छ। 

नेपाल बैंकर्स संघका अनुसार फागुन महिनामा मात्र वाणिज्य बैंकहरुको कर्जा प्रवाह ९४ अर्ब रुपैयाँले बढेर ३४ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। तर निक्षेप भने जम्मा ४० अर्ब रुपैयाँले मात्र बढेर ३८ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। 

गत वर्षको फागुन महिनामा भने निक्षेप ७४ अर्ब रुपैयाँले वृद्धि भएको थियो भने कर्जा प्रवाह ५३ अर्ब रुपैयाँले मात्र बढेको छ। बैंकहरुसँग व्यवसाय विस्तारको लागि रकम अभाव हुन थालेपछि बैंकहरुले चैत १ गतेदेखि लागू हुनेगरी निक्षेपको व्याजदर वृद्धि गरी निक्षेप आकर्षित गरेका थिए। जसका कारण अन्य महिनाको तुलनामा चैत महिनाको पहिलो हप्तामा नै निक्षेप भने बढ्न थालेको छ। 

चैतको पहिलो हप्तामा पनि निक्षेपको तुलनामा कर्जा प्रवाह झन्डै दोब्बरले बढेको छ। चैत महिनामा वाणिज्य बैंकहरुमा १४ अर्ब रुपैयाँ निक्षेप बढेको छ भने २३ अर्ब रुपैयाँ निक्षेप बढेको बैंकर्स संघले जनाएको छ। 

विगत आठ महिनामा असोज महिनामा १ खर्ब ५९ अर्ब रुपैयाँले निक्षेप बढेको छ भने सोही अवधिमा गत पुस महिनामा वाणिज्य बैंकहरुबाट १ खर्ब ४३ अब रुपैयाँले कर्जा बढेको छ। 

कोभिडका कारण बैंक तथा वित्तीय संस्थाहरुको साँवा ब्याज भुक्तानीको समय पुस मसान्तसम्म भएको र सो अवधिमा नेपाल राष्ट्र बैंकले साँवा ब्याज तिर्ने समय थप्नेबारे निर्णय गरिनसक्दा धेरै व्यापारी व्यवसायीहरुले थप ऋण लिएर साँवा र ब्याज तिरेका थिए।

सरकारलाई राजस्व बुझाउने महिना पनि पुस भएको वाणिज्य बैंकहरुबाट धेरै ऋण लगानी भएको बैंकर्स संघले जनाएको छ। 

त्यस्तै दसैं र तिहारको अवसरमा विदेशमा बसेकाहरुले नेपालमा रेमिट्यान्स पठाउँदा तथा कर्मचारीहरुको दसैं खर्चबाट थप रकम हुँदा असोज महिनामा वाणिज्य बैंकहरुको निक्षेप बढेको बैंकर्स संघको भनाइ छ। 

पाँच वर्षमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा (फागुन महिना)

आर्थिक वर्ष    निक्षेप वृद्धि                      कर्जा वृद्धि  
२०७७–७८      ४० अर्ब                            ९४ अर्ब 
२०७६–७७      ७४ अर्ब                            ५३ अर्ब 
२०७५–७६     ४ अर्ब                              ९ अर्ब 
२०७४–७५    ११ अर्ब                             १५ अर्ब 
२०७३–७४    ३ अर्ब                               ४ अर्ब  


 

प्रकाशित: Mar 23, 2021| 14:28 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्