शुक्रबार, असोज ९, २०८३

आइएमई पे एपबाट सबै क्युआर स्क्यान गर्न मिल्ने

 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौ– आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्न मिल्ने भएको छ। नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्युआर, युनियन पे र आइएमई पे क्युआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । सबै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।

नेपालमा क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ।

प्रकाशित: Mar 23, 2021| 10:58 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्