शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उर्लाबारी नगरपालिकालाई सुविधासम्पन्न दमकल हस्तान्तरण

उर्लाबारी नगरपालिकालाई सुविधासम्पन्न दमकल हस्तान्तरण

 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं– आइएमई ग्रुप अन्तर्गत सन्चालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्डले उर्लाबारीमा एक कार्यक्रम गरी उर्लाबारी नगरपालिकामै पहिलो पटक सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ। कम्पनीले बताएअनुसार यो दमकल नेशनल  फायर सेफ र आइएमई मोटर्सको संयूक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको बताएको छ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उप प्रमुख लक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पुर्व क्षेत्रका पत्रकारहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीद्वारा एक थान दमकल हस्तान्तरण गरेका हुन्।
 

प्रकाशित: Mar 23, 2021| 10:57 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्