काठमाडौं– भारतको प्रतिष्ठित कम्पनी मुथुट फाईनान्सको लगानी रहेको युनाईटेड फाईनान्स लिमिटेडले २५औं र २६औं शाखा रुपन्देहिको मणिग्राम र तानसेनको पाल्पामा सञ्चालनमा ल्याएको छ।
मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी (माधव) र युनाइटेड फाईनान्स लिमिटेडका सञ्चालक प्रभा पाण्डेले तथो पाल्पा शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही र युनाइटेड फाईनान्स लिमिटेडका सञ्चालक मनिष कुमार खेमकाले संयुक्त रुपमा गरे।