काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रा.लि तथा आइएमई अटोमोटिभ्स प्रा.लि.बीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न सम्झौता भएको छ ।
आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रा. लि. तथा आइएमई अटोमोटिभ्स प्रा. लि.सँग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबीलाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र आइएमई मोटर्स प्रा.लि. र आइएमई अटोमोटिभ्स प्रा. लि. का नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।