शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मनिग्राममार्फत  दुई सय देशबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

मनिग्राममार्फत  दुई सय देशबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं– अन्तरदेशीय विपे्रषण सेवा प्रदायकमा विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ।
सम्झौतासँगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीहरुले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफूले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नेछन्। 
साथै निकट भविष्यमा मनिग्राम मार्फत पठाएको नगद विपे्रषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ र छिटै नै मनिग्राम मार्फत इसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गरिनेछ।

यस साझेदारीको आधारमा मनिग्राम र इसेवा मनि ट्रान्सफरले धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक, संंयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्टे«लिया, युरोप, बेलायत लगायत २०० भन्दा बढी मुलुकहरुका सेवाग्राहीहरुलाई रकम पठाउन थप सहज हुनेछ।
 

प्रकाशित: Mar 22, 2021| 08:04 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्