काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्र कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बिमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ।
मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बिमा बापतको रकम प्रदान गरेको हो। कर्मचारी शर्माको विद्युत् लाइन मर्मतका क्रममा ०७७ भदौ २९ गते मृत्यु भएको थियो।