काठमाडौं– प्योर इभी इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता ह्वाइट लोटस मोटर्सले ग्रिन माइल र्याली आयोजना गरेको छ।
दैनिक यात्राको लागि वातावरणमैत्री विकल्प रोजौ भन्ने नारासहित गत शनिबार प्योर इभीको नक्सालस्थित शोरुमदेखि धुलिखेलको धुलिखेल लज रिसोर्टसम्म र्याली भएको हो। र्यालीमा ५० भन्दा बढी इलेक्ट्रिक स्कुटर चालकहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ।
प्योर इभीका स्कुटर डिसेम्बर २०२० देखि नेपालमा बिक्री भइरहेका छन्। कम्पनीले अप्रिल २०२१ मा नयाँ मोडलको बिक्री सुरु गर्ने जनाएको छ। यो स्कुटर २,२०० वाट मोटर र रिमुभेबल ६० भोल्ट ४० एएच लिथियम ब्याट्री भएको स्कुटर हो।
यो ३.५ घण्टामा रिचार्ज गर्न सकिन्छ र ६० किमि प्रतिघण्टाको गतिमा र प्रति चार्ज ११६ किमी चलाउन सकिन्छ।