शुक्रबार, असोज ९, २०८३

हाउजे बाइकले गर्‍यो अफरोड र्‍याली

कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं– कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ। डिलर र सर्भिस सेन्टर विस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री गरिरहेको जनाएको छ।

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ। सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नाममा बिक्री गरिरहेको छ।

कोलम्बिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन्। एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ। 

डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ। यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो यात्रा पनि गर्न सक्ने कम्पनीको दाबी छ।

आफ्ना ग्राहकलाई लक्षित गरी २०० बाइक बेचेको उपलक्ष्यमा गत शनिबार हाउजे शोरुम काठमाडौं कमलपोखरीबाट अफरोड र्‍याली निकालेको थियो। ४० किमीको र्‍याली ललितपुरको  देउराली टीका भैरव हुँदै जावलाखेल हाउजेको आधिकारिक सर्भिस सेन्टरमा आएर अन्त्य भएको थियो।

र्‍यालीमा सहभागीमध्ये ३ जना राइडर अनुशासनसहित ट्राफिक नियम पालना गरेकोमा पुरस्कृत भएका थिए। 
 

प्रकाशित: Mar 22, 2021| 06:12 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्