शुक्रबार, असोज ९, २०८३

सिभिल बैंकले सातै ‘ग्लोबल मनी विक’ मनाउने

 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं– सिभिल बैंकले ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा विविध वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकले सात दिनमा सातै प्रदेशमा चेतनामूलक वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको हो।

यसअनुसार चैत ९ गते प्रदेश नं. १ मा, १० गते प्रदेश नं. २ मा, ११ गते बागमती प्रदेशमा, १२ गते गण्डकी प्रदेशमा, १३ गते लुम्बिनी प्रदेशमा, १४ गते कर्णाली प्रदेशमा र १५ गते सुदूरपश्चिम प्रदेशमा कार्यक्रम हुने बैंकले जनाएको छ।

यी कार्यक्रमहरुमा अहिलेको डिजिटल युगमा विभिन्न विद्युतीय कारोबार माध्यमहरुका फाइदाका बारेमा श्रव्य दृश्य सामग्रीसहितको प्रस्तुति गरिने बैंकले जनाएको छ। साथै बैंकले आफ्नो सामाजिक संजालमार्फत सात प्रमुख विद्युतीय माध्यमहरु (मोबाइल एप, क्यूआर कोड, एटिएम, इन्टरनेट बैंकिङ, कनेक्ट आईपिएस, पिओएस र डिजिटल वालेट) को बारेमा चेतनामूलक सामग्रीहरु प्रशारण गर्ने योजना छ।

प्रकाशित: Mar 21, 2021| 09:55 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्