शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएलजी इन्स्योरेन्सको प्रिमियम क्युआर कोडबाट गर्न सकिने

एनएलजी इन्स्योरेन्सको प्रिमियम क्युआर कोडबाट गर्न सकिने

 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीका सम्पूर्ण कार्यालयहरुमा क्युआर कोड स्क्यान गरी इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ।

यसबाट ग्राहकलाई नगदको प्रयोगमा हुने जोखिम र झन्झटबाट छुटकारा मिल्नुका साथै छिटो, छरितो र विश्वसनीय सेवा प्राप्त हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।

कम्पनीले यसअघि नै कनेक्टछ आईपीएस, इसेवा, खल्ती, फोनपे, आइएमइ पे, सेलपे, प्रभु पेबाट अनलाइन प्रिमियम भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ।

प्रकाशित: Mar 21, 2021| 09:53 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्