काठमाडौं– पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ। पछिल्ला दिनमा क्युआर भुक्तानीलाई तिव्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो।
शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर मार्फत भुक्तानी गर्दै डिजिटल मलेखु बजारको उद्घाटन गरे। उनले विभिन्न व्यवसायीहरुलाई क्यूआर कोड समेत हस्तान्तरण गरे। योसँगै मलेखुका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ।
क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ।