शुक्रबार, असोज ९, २०८३

  युनाइटेड फाइनान्सको २४ औं शाखा धनगढीमा

 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं– युनाइटेड फाइनान्स लिमिटेडले सुदूरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा धनगढी, कैलालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

फाइनान्सले बिहीबारदेखि कैलाली जिल्ला धनगढी चौराहामा आफ्नो २४ औं शाखा सञ्चालनमा ल्याएको हो। बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ, कैलालीका अध्यक्ष पुष्पराज कुँवर र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

नयाँ शाखा सञ्चालनमा आएसँगै फाइनान्सको शाखा कार्यालयको संख्या २४ पुगेको छ।
 

प्रकाशित: Mar 21, 2021| 05:02 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्