शुक्रबार, असोज ९, २०८३

एक दशक पूरा गर्दै डिशहोमको प्लसमुभि च्यानल 

टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्यसहित डिशहोमले सुरु गरेको ‘प्लस मुभि’ च्यानलले एक दशक पूरा गरेको छ ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं– टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्यसहित डिशहोमले सुरु गरेको ‘प्लस मुभि’ च्यानलले एक दशक पूरा गरेको छ ।

डिशहोममा ‘मुभि अन डिमाण्ड’ नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखि ‘प्लस मुभि’ च्यानलको नामबाट सञ्चालन भइरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ अत्यन्त लोकप्रिय छ।

नयाँ,पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको ‘प्लस मूभि’ च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ। यस च्यानलमार्फत दुरदराजका दर्शकहरुले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् । 

‘प्लस मूभि’ सँगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स, कमेडी प्लस्, डी मुभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लसजस्ता आफ्नै च्यानलहरु पनि प्रसारण गरिरहेको छ। 
 

प्रकाशित: Mar 21, 2021| 04:59 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्