शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ४० प्रतिशत उद्योग सञ्चालन भएका छैनन् सरकारले सहयोग गर्नुपर्छ : गोल्छा

४० प्रतिशत उद्योग सञ्चालन भएका छैनन् सरकारले सहयोग गर्नुपर्छ : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अझै कोरोनाका कारणले ४० प्रतिशत औद्योगिक क्षेत्र समस्यामै रहेको बताएका छन्।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अझै कोरोनाका कारणले ४० प्रतिशत औद्योगिक क्षेत्र समस्यामै रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ आयोजना गरेको उद्योग व्यवसायीसँगको छलफल तथा भेटघाट कार्यक्रममा अध्यक्ष गोल्छाले पर्यटन क्षेत्र पनि समस्यामा रहेकाले त्यसलाई राहत हुने गरी सरकारले थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। बैंकहरुमा ऋणको माग बढेको छ, ब्याज बढे पनि नेपालको लागि राम्रो नै हुनेछ। 

‘साना तथा मध्यमस्तरका व्यवसायीहरुले नेपालका कूल गार्हस्थ उत्पादनमा २२ प्रतिशतको योगदान दिएका छन् भने उनीहरुले २० लाखलाई रोजगारी दिनुका साथै निर्यातमा ४० प्रतिशत हिस्सा ओगटेका छन्। ती व्यवसायीहरु कोभिडका कारण समस्यामा परेका छन्।’ उनले भने, ‘उनीहरुलाई उकास्ने खालका योजना सरकारले ल्याउनुपर्छ।’ 

उनले प्रधानमन्त्रीसँग भने, ‘अब धेरै व्यवसाय बन्द नहोस् र जेनतेन चलिरहेका उद्योगहरु पनि विस्तार हुन सकोस् भन्नका लागि सरकारले सहयोग गर्नुपर्छ। जस्तै साना उद्यम लक्षित पुनर्कर्जा सहज रुपमा वितरण हुनुपर्‍यो, व्यवसाय निरन्तरता कर्जा पाउन कठिन भएको गुनासो आइरहेको छ। त्यो सहज हुनुपर्‍यो। यस वर्ष साना उद्यमीहरुलाई दिइएको कर छुटलाई निरन्तरता दिइनु पर्‍यो।’

त्यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपाली उद्योगका लागि सहज व्यापार गर्न, पूर्वाधारमा लगानी बढाउन, स्वदेशी उत्पादनलाई बढाउन र निर्यात् गर्न अझै प्रभावकारी सरकार नीतिको खाँचो रहेकोमा जोड दिए। 

त्यसैगरी मारवाडी समाजका अध्यक्ष पवन मित्तलले मारवाडी समुदायको रकम विदेशमा नभएको स्पष्ट पारे। उनले मारवाडीहरुको देश नै नेपाल हो तर हामीलाई बाहिरबाट आएको जसरी हेरिने गरिएको भन्दै प्रधानमन्त्रीसामु दुःख व्यक्त गरे। 

उनले भने, ‘हामी नेपाली हौँ नेपालमा बस्छौँ र नेपाल नै हाम्र्रो देश हो। हामीलाई विदेशी जस्तो व्यवहार नहोस्। हामी पचासौँ वर्ष नेपालमा बसेका छौँ तर पनि धेरै मारवाडीहरुले नागरिकता पाएका छैनन्।’ त्यस्तै उनले औद्योगिक क्षेत्रमा उद्योगीहरुले दुःख पाएको पनि दुखेसो गरे।

प्रकाशित: Mar 19, 2021| 13:41 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्