शुक्रबार, असोज ९, २०८३

फागुन महिनासम्म ८ खर्ब व्यापार घाटा

चालू आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार घाटा १.६३ प्रतिशतले बढेर ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं- चालू आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार घाटा १.६३ प्रतिशतले बढेर ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा भने व्यापार घाटा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ थियो।

चालू आर्थिक वर्ष लागेपछि फागुन महिनामा मात्र व्यापार घाटा बढेको हो। कोरोनाको कारण आयातमा कमी तर निर्यातमा वृद्धि हुदा व्यपारघाटा नेगेटिभ भएको थियो।

साउनमा व्यापार घाटा २२.१७ प्रतिशतले घटेको थियो। त्यस्तै भदौमा २४.९३, असोजमा १५.१३, कात्तिकमा १२.४९, मंसिरमा १०.९१, पुसमा ५.८, र माघ महिनामा ०.६६ प्रतिशतले व्यापार घाटामा कमी आएको थियो।

No description available.

पछिल्लो समयमा कोभिड १९ विरुद्ध खोप आाएपछि कोभिडको डरबाट जनताहरु डराउन थाले भने उद्योग व्यापार व्यवसाय पूर्णरुपमा चल्न थाल्यो।

जसका कारण उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थहरु ल्याउन थाले र व्यापार व्यवसाय पूर्णरुपमा चल्दा आयातमा वृद्धि भयो। जसले व्यापार घाटा बढाउन थालेको भन्सार विभागले जनाएको छ। 

फागुन महिनामा आयात २.१४ प्रतिशतले वृद्धि भई आयात ९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। निर्यात ७.८४ प्रतिशत निर्यात बढी ८० अर्ब ७७ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ।

No description available.

 

प्रकाशित: Mar 19, 2021| 11:57 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्