शुक्रबार, असोज ९, २०८३

हवाई भाडा बढ्यो

हवाई सेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ। भोलि शनिबारदेखि लागू हुने गरी संघले फ्युल सरचार्ज बढाउने निर्णय गरेको हो। 
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं– हवाई सेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ। भोलि शनिबारदेखि लागू हुने गरी संघले फ्युल सरचार्ज बढाउने निर्णय गरेको हो। 

नेपाल आयल निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाएपछि संघमा आवद्ध कम्पनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा भाडा बढाएको हो।

संघका अनुसार सबैभन्दा कम धनगढी–महेन्द्रनगर रुटको १० रुपैयाँ र सबैभन्दा बढी काठमाडौं–धनगढी रुटको ९० रुपैयाँ बढेको छ।

प्रकाशित: Mar 19, 2021| 09:00 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्