काठमाडौं– सरकारको नेतृत्व गरेको दल नेकपा (एमाले) संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बैठकमा एमालेको असन्तुष्ट समूहले आफ्नो पक्षमा रहेको दाबी गरेका केही सांसद पनि सहभागी भएका छन्।
अध्यक्ष केपी ओली निकट सांसद महेश बस्नेतका अनुसार लालबाबु पण्डित, तुलसा थापा, नन्दा चपाईं, गंगा चौधरी, माया ज्ञवाली, सविना हुसियन, गोपाल बम र विष्णु शर्मा बैठकमा सहभागी भएका छन्।
उनका अनुसार पार्टी संसदीय दलको बोर्ड गठन गर्ने र संसदीय दलको विधान संशोधन सम्बन्धी प्रस्ताव गर्न कार्यदल गठन गर्ने एजेन्डा बैठकका छन्।
माधव नेपाल समूह भने कार्यकर्ता भेलामा व्यस्त छ।
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको कार्यकर्ता भेला चलिरहेकोले दलको बैठकमा आफूहरुको सहभागिता भएको जानकारी दिएका छन्। केही सांसदहरूले संसदीय दलको बैठकमा सहभागी हुनुपर्ने धारणा राखेका थिए तर नेताहरूले आजको बैठकमा सहभागी नहुन निर्देशन दिएका थिए।
उक्त समूहले बोलाएको कार्यकर्ता भेला काठमाडौंमा चलिरहेको छ। भेला आज समापन हुने कार्यक्रम छ।
सर्वोच्च अदालतको आदेशले एमाले पूर्ववत् रूपमा फर्किएपछि पार्टीभित्र विवाद चुलिँदो छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले फागुन २८ गते पार्टी केन्द्रीय कमिटीको विशेष बैठक भन्दै नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्ने र माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय कमिटीमा नियुक्ति गरेपछि माधव९झलनाथ पक्षले विरोध गरेको छ।
उक्त निर्णय रद्द गरेर पार्टी २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढाउनुपर्ने उनीहरुको माग छ। अध्यक्ष ओली एकलौटी हिसाबले अगाडि बढ्न खोजेको भन्दै माधव झलनाथ पक्षले आगामी रणनीति तय गर्न हिजोदेखि कार्यकर्ता भेला आयोजना गरेको हो।
अध्यक्ष ओलीले भने भेला रोक्न निर्देशन दिएको थियोे। भेला बोलाउनेलाई कारबाही गर्ने चेतावनी प्रधानमन्त्रीले दिएका छन्।