सुर्खेत– एमालेले कर्णाली प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ।
एमाले संसदीय दलको बुधबार बसेको बैठकले सरकारकाट समर्थन लिने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।
बैठकले सरकारमा सामेल मन्त्रीहरूलाई पाँच दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ।
कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सरकारमा छन्।
दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना सहभागी थिए। बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर राेकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बाेहाेरा, राजु नेपाली, मिनासिंह रखाल,काैशिलावति खत्री र पद्ममा खड्का सहभागी थिए।