काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) १८.०७ अंकले घटेको छ। घटेको बजार २३८९.१९ विन्दुमा पुगेर रोकिएको हो।
आज २१२ कम्पनीको ९६ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २४ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०७ अंकले घटेर ४३०.०६ विन्दुमा पुगेको छ।
आज होटल तथा पर्यटन समूहको सूचक ९०.९३ अंकले बढेको छ। त्यस्तै लगानी समूहको सूचक ०.५३, उत्पादन १०.५६, सामूहिक लगानी ०.०१ र व्यापार समूहको सूचक ५५.१० अंकले बढेको छ। बाँकी समूहको सूचक भने घटेको छ।
आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको सेयर मूल्य ९.९५ अंकले बढेको छ।
त्यस्तै घल्याम्दी जलविद्युत् लिमिटेडको सेयर ९.४९, पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडको ९.४७ र आँखुखोला जलविद्युत् लिमिटेडको सेयर मूल्य ९.०३ प्रतिशतले बढेको छ।
हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यसको सेयर मूल्य ६.२५ प्रतिशतले घटेको छ।