बिहीबार, असोज ८, २०८३

ताप्लेजुङका आगलागी पीडितलाई नाडाको सहयोग

 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं– नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय नाडा प्रतिनिधिमण्डलले भौतिक, पूर्वाधार तथा यातातातमन्त्री वसन्तकुमार नेम्बाङलाई भेटी नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितहरुको लागि जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङलाई सहयोगस्वरुप रु. २ लाखको चेक हस्तान्तरण गरेको छ।

नाडाका पदाधिकारीलगायत कार्यसमिति सदस्यहरुसँग रकम संकलन गरी उक्त रकम सहयोग गरिएको हो। कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्वय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती  समेतको उपस्थिति थियो । 

प्रकाशित: Mar 15, 2021| 05:50 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्