काठमाडौं– के.एल दुगड समूह अन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उद्योग संगठन मोरङले आर्थिक एवं औधोगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान गर्दै निर्यात मूलक वस्तु उत्पादन गरी आर्थिक वर्ष २०७५–०७६ तथा २०७६–७७ मा सुनसरी,मोरङ औद्योगिक करिडोरका निर्यातमूलक उद्योगमध्ये सबै भन्दा बढी निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा सम्मान गरेको छ ।
उक्त सम्मान उद्योग संगठन मोरङको ४८ औ वार्षिक साधारण सभाको उद्घाटन समारोहको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वस्तिक आयल ई.प्रा.लि.का सञ्चालक विकास दुगडलाई प्रदान गरेका थिए।
स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.ले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल उत्पादन गर्दै आएको छ।