बिहीबार, असोज ८, २०८३

५१ अंकले घटेर २४०७ विन्दुमा झर्‍यो नेप्से

आइतबार सेयर बजार परिसूचक (नेप्से) ५१.२३ अंकले घटेको छ। 
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) ५१.२३ अंकले घटेको छ। 

२४६६.२७ विन्दुबाट सुरु भएको बजार क्रमशः ओरालो लाग्दै २४०७.२६ विन्दुमा पुगेर रोकिएको हो। 

आइतबार २११ कम्पनीको ९९ लाख ३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.१० अंकले घटेर ४३५.१३ विन्दुमा पुगेको छ। 

आइतबार होटल तथा पर्यटन समूहको सूचक ६१.१२ र जलविद्युत् समूहको सूचक ४७.८२ अंकले बढेको छ। बाँकी समूहको सूचक भने घटेको छ। 

आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ। 

त्यस्तै, अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.८५, पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेड ९.७४, घल्मेदी हाइड्रो लिमिटेड ९.७२ र रैराङ हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीको सेयर मूल्य ९.०४ प्रतिशतले बढेको छ। 

हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य ९.८६ प्रतिशतले घटेको छ।   
 

प्रकाशित: Mar 14, 2021| 11:05 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्