बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल–स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजमा नयाँ कार्यसमिति

नेपाल–स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजमा नयाँ कार्यसमिति

नेपाल–स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको पाँचौं वार्षिक साधारणले नयाँ कार्यसमिति चयन गरेको छ।
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काठमाडौं– नेपाल–स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको पाँचौं वार्षिक साधारणले नयाँ कार्यसमिति चयन गरेको छ।

संस्थाको गत शुक्रबार सम्पन्न साधारणसभाले खेमराज लकाईंको अध्यक्षतामा ४ वर्षका लागि ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। 

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा खेमराज लकाईं, उपाध्यक्षमा सुशील थापा, द्वितीय उपाध्यक्षमा कविरजंग थापा र कोषाध्यक्षमा डा. सोनी महतो चयन भएका छन्। त्यसैगरी साधारणसभाले सदस्यहरुमा शिवागिंनी राणा, दावा साङ्गे शेर्पा र अमृताञ्जली शाक्यलाई चयन गरेको छ । संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष गिरी नियुक्त भएका छन्।

साधारणसभामा नवनिर्वाचित अध्यक्ष खेमराज लकाईंले नेपाल र स्वीट्जरल्याण्डबीच लामो मित्रता तथा व्यापारिक सम्बन्ध रहेको बताउँदै त्यसलाई अझै विकसित गरेर लैजानुपर्ने बताए। नेपाल र स्वीट्जरल्याण्डबीच पर्यटन, सूचना–प्रविधि, वित्तीय क्षेत्र, निर्माण क्षेत्रलगायत धेरै क्षेत्रमा नेपालले साझेदारी गरेर जान सक्ने उनले उल्लेख गरे। संस्थाले आगामी दिनहरुमा दुई देशबीचको व्यापार प्रवर्धन गर्नमा जोड दिने उनको भनाइ थियो। 

साधारणसभामा अबको कार्यदिशा तथा रणनीतिको विषयमा संस्थाका उपाध्यक्ष सुशील थापाले प्रकाश पारेका थिए। 

ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) मा आयोजित साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष रोमीलाल श्रेष्ठले वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए। 
 

प्रकाशित: Mar 14, 2021| 06:09 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्