बुधबार, असोज ७, २०८३

नागरिक लगानी कोषको सेयर बिक्रीमा

 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं– नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषले कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता सेयर बिक्री गर्ने भएको छ।

बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मूल्य रु। १ हजार ५ सय दुई रुपयाँ पचास पैसा तोकिएको यस सेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ।

उक्त संस्थापक सेयर खरीदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मात्र सहभागी हुन सक्नेछन्।

ईच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आगामी चैत ३ गतेदेखि १७ गतेसम्ममा बिक्री प्रबन्धक श्री एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रति कित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ।

प्रकाशित: Mar 12, 2021| 11:31 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्