बुधबार, असोज ७, २०८३

इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘पैसा पठाउने’ एप 

नेपाल इन्भेष्टमेण्ट बैंकले भारतबाट पैसा पठाउन सकिने एप सञ्‍चालनमा ल्याएको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकले भारतबाट पैसा पठाउन सकिने एप सञ्‍चालनमा ल्याएको छ।

यसबाट भारतमा रहेका नेपालीले सहजै नेपालमा पैसा पठाउन पाउने बैंकले जनाएको छ। बैंकले ‘पैसा पठाउने’ एप सञ्‍चालनमा ल्याएको हो।

भारतमा रहेका नेपालीले आफ्नो मोबाइलबाट चौबीसै घण्टा पैसा पठाउन सक्ने बैंकले जनाएको छ। एपमार्फत छिटो, सुरक्षित र कम सेवा शुल्कमा पैसा पठाउन सकिने बैंकले जनाएको छ।

एपमार्फत एकपटकमा ८० हजार रुपैयाँ (५० हजार भारु) वर्षमा १२ पटकसम्म पैसा पठाउन सकिने बैंकले जनाएको छ।

प्रकाशित: Mar 12, 2021| 11:24 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्