काठमाडौं– नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले फोर्डको इकोस्पोर्ट एसई पेट्रोल भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले नेपाली बजारका लागि यो गाडीको मूल्य ४७ लाख ५० हजार कायम गरेको छ।
फोर्ड इकोस्पोर्ट एसई नाम दिइएको यस नयाँ भेरियन्टमा डिजाइन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयूभी लिइएको कम्पनीले जनाएको छ।
फोर्ड इन्डियाका कार्यकारी निर्देशक विनय रैनाले फोर्ड इकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिङ्क ३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाइमा पुर्याउने दाबी गरेका छन्।
नयाँ डिजाइन भएको टेलगेट, ड्युअ टोनपछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन् आकर्षक बनाइएको छ।
यसबाहेक विशेष संस्करणको इकोस्पोर्टमा बोल्ड लुक्स र ग्रिल, १६ इन्च एलोई ह्विल्स, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको कम्पनीले जनाएको छ। इकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पन्चर मर्मत गर्न सकिने सुविधा प्रदान गर्ने जनाइएको छ।
नयाँ इकोस्पोर्ट एसईमा १।५ लिटर टीआईभीसीटी पेट्रोल इन्जिन राखिएको छ, जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क उत्सर्जन गर्छ।