काठमाडौं‐ नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सहयोग रकमको चेक कोषका निमित्त कार्र्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।
सो अवसरमा नि.कार्यकारी निर्देशक डा. कट्टेलले कोषले प्रदान गरेको रकमले वद्ध–वृद्धाहरुलाई बुढेशकालमा आफूलाई आवश्यक पर्ने सामान खरिद गर्न सहयोग पुग्ने बताए।
योभन्दा अघि पनि कोषले संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको थियो। कार्यक्रममा कोषका तर्फबाट का.मु निर्देशकद्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल, उपनिर्देशक अमृत बहादुर अधिकारी लगायतका पदाधिकारी सहभागी थिए।
कोषले ३१ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो। कोषकोे ३१ आंै वार्षिकोत्सव आगामी ४ चैतमा परेको छ। सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ।