बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छ : अर्थमन्त्री पौडेल

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छ : अर्थमन्त्री पौडेल

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ। बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न सरकार तयार भएको हो। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं‐ सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ। बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न सरकार तयार भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटकाक्रममा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताए। 

उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिनभित्रै यस विषयमा निर्णय हुने बताए।
माग र आपूर्तिबीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका विषयमा व्यवसायीहरुसँग चासो राखेका थिए।

त्यसक्रममा सांसद एवं महासंघका सल्लाहकार छविलाल विश्वकर्माले व्यवसायीलाई परेको अप्ठ्याराका विषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराए। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गरे। 

उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे। 

अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उनले औंल्याए। 

आवश्यकताअनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्वसमेत गुम्ने खतरा रहेको उनले स्मरण गराए। 

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ। लकडाउनअघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो। 

यसैबीच आगमी आर्थिक बर्षको बजेटमा सुनचाँदीको क्षेत्रवाट समुट्नुपर्ने विषयहरुलाई समेटिएको सुझावसमेत अर्थमन्त्री पौडेललाई बुझाइएको छ। रासस

प्रकाशित: Mar 10, 2021| 13:16 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्