काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्सले फागुन २१ गतेदेखि निष्काशनमा ल्याएको प्राथमिक सेयर (आईपीओ) मा आज बुधबार राति १२ बजेसम्म आवेदन दिन सकिने भएको छ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर निष्काशनमा ल्याएको हो।
कम्पनीको आईपीओमा चैत ६ गतेसम्म आवेदन दिन सकिने बताइएको थियो। तर, पर्याप्त आवेदन परिसकेकाले आज रातिदेखि आवेदन बन्द हुनेछ।
कम्पनीको आईपीओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड हो।