बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महिला लघुवित्त र ग्रीनलाइफ हाइड्रोको सेयर आइतबारदेखि कारोबारमा आउने

महिला लघुवित्त र ग्रीनलाइफ हाइड्रोको सेयर आइतबारदेखि कारोबारमा आउने

महिला लघुवित्त र ग्रीनलाइफ हाइड्रोको सेयर सूचीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नेप्सेले दुवै कम्पनी सेयर यही शुक्रबार सूचीकरण गर्ने भएको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं- महिला लघुवित्त र ग्रीनलाइफ हाइड्रोको सेयर सूचीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नेप्सेले दुवै कम्पनी सेयर यही शुक्रबार सूचीकरण गर्ने भएको छ।

सूचीकरणको लागि प्राप्त कागजहरु अध्ययन गरिरहेको जनाउँदै नेप्सेले प्रक्रिया पूरा भए शुक्रबार नै सेयर सूचीकृत हुने जनाएको छ।

शुक्रबार सेयर सूचीकृत भएमा आउने आइतबारदेखि दुवै कम्पनीको सेयर कारोबार हुन थाल्नेछ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो।

यस्तै ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी सेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो।
 

प्रकाशित: Mar 10, 2021| 10:37 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्