बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगंजमा पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रम

वीरगंजमा पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रम

पर्यटकलाई आकर्षित गर्न वीरगंजमा पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रम घोषणा गरिएको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

वीरगंज- पर्यटकलाई आकर्षित गर्न वीरगंजमा पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रम घोषणा गरिएको छ।

‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ भन्ने मुल नाराका साथ वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघ पर्साले यस्तो कार्यक्रमको घोषणा गरेका हुन्।

कार्यक्रमका वक्ताहरुले सीमा नाका थुनेर आर्थिक विकास नहुने बताएका थिए। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पर्यटन पुनरुत्थानका लागि सीमा नाकामा लागेको प्रतिबन्ध हटाउनुपर्ने बताए। 

उनले मान्छेबाट मान्छेमा कोरोना सर्ने भए पनि सीमामा भारतीय गाडीलाई रोकेर मान्छे आउन अनुमति दिइएकोमा विरोध जनाए। ‘भारतीय गाडीलाई आउन दिँदा पर्यटन क्षेत्रमाथि उठ्छ। सीमा क्षेत्रमा रोक लगाएर पर्यटन क्षेत्रलाई माथि उठाउन सकिँदैन।’, नगर प्रमुख सरावगीको भने। 

सरकारविरुद्ध आन्दोलन यहीबाट गर्ने तर लगानीका हिसाबले राजनीतिक पूर्वाग्रह राख्ने गरिएको छ।’ उनले भने, ‘वीरगञ्जले के पाप गरेको छ, सबैले फाइदा लिनुहुन्छ तर वीरगञ्जलाई केही दिनुहुन्न ?’ 

कार्यक्रममा भारतीय महावाणिज्य दूत नितेश कुमारले कुनै पनि देशको आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिका राम्रो भएको बताउदै नेपालमा आउने भारतीय पर्यटक प्रवर्द्धनमा आफूहरुको सहयोगी भूमिका रहने बताए। उनले कार्यक्रमको सफलताको कामना गर्दै आगामी दिनमा भारतीय पर्यटकहरुको प्रवर्द्धनमा हुने सबै प्रकारको सहयोगको प्रतिवद्धता समेत व्यक्त गरेका थिए। 

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका संरक्षक अनिल रुँगटाले कोभिडले होटल तथा पर्यटन व्यवसाय ९ महिनासम्म शून्य अवस्थामा रहेको बताए। राज्यबाट प्याकेज घोषणा गरेर उचित सम्बोधन हुन नसकेको उनको भनाइ छ। 

सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले दीर्घकालीन र अल्पकालीन योजना बनाएर अगाडि बढाउन आग्रह गरे। उनले वीरगञ्ज पर्यटनको सम्भावना बोकेको सहर भएको बताए। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, होटल व्यवसायी युवराज लामा, नेपाल पत्रकार महासंघ प्रदेश २ उपाध्यक्ष केसी लामिछानेलगायतका वक्तहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले सीमा खुलेपछि पुनरुत्थान योजना सार्वजनिक गर्ने तयारी गरे पनि जति प्रयास गर्दा पनि सफल नभएको बताए। कार्यक्रममा कुमु प्यालेसकी सञ्चालिका शुशिला थापा र रोयल पार्टी प्यालेसकी सञ्चालिका सञ्चमाया श्रेष्ठलाई सम्मान गर्नुको साथै होटल तथा पर्यटन संघ वीरगञ्जमा आवद्ध सदस्य होटल तथा पर्यटन व्यवसायीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। 

पर्यटन पत्रकार संघका अध्यक्ष शंकर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य रितेश त्रिपाठीले पर्यटन पुनरुत्थानका लागि कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: Mar 10, 2021| 10:06 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्