बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ३.४० अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब १० करोडमा सीमित 

३.४० अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब १० करोडमा सीमित 

बुधबार सेयर बजार परिसूचक (नेप्से) ३.४० अंकले घटेको छ। २४७६.९३ विन्दुबाट सुरु भएको बजार उतारचढाव हुँदै २४५८.४९ विन्दुमा पुगेर रोकिएको हो। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) ३.४० अंकले घटेको छ। २४७६.९३ विन्दुबाट सुरु भएको बजार उतारचढाव हुँदै २४५८.४९ विन्दुमा पुगेर रोकिएको हो। 

आज २०५ कम्पनीको ७८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १० करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बुधबार फाइनान्स समूहको सूचक ४.५३, होटल तथा पर्यटन ५१.७२, जलविद्युत् ४.१८, उत्पादन ९५.७६, अन्य ३८.७३ र व्यापार समूहको सूचक २९६.९७ अंकले बढेको छ। 

त्यस्तै, बैंकिङ समूहको सूचक १०.९०, विकास बैंक १०.८४, जीवन बीमा १२८.८३, माइक्रोफाइनान्स ४० र निर्जिवन बीमा १२७.३६ अंकले घटेको छ। 

आज चन्द्रागिरि हिल्सको सेयर मूल्य ९.९९, घलेम्दी हाइड्रो लिमिटेड ९.९२ र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ।  
 

प्रकाशित: Mar 10, 2021| 09:33 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्