बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्। 
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो। 

राष्ट्र बैंकको इतिहासमा पहिलोपटक डेपुटी गभर्नरमा महिला नियुक्त गरिएको हो। ढुंगाना राष्ट्र ऋण व्यवस्थापन विभागमा कार्यकारी निर्देशकको रुपमा कार्यरत छिन्। मिश्र भने विदेशी विनिमय विभागका कार्यकारी निर्देशक हुन्। 

राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गते सकिएको थियो। 

यसअघि डेपुटी गभर्नरको लागि चार जना सिफारिसमा परेका थिए। सिफारिसमा ढुंगानासहित डा. प्रकाश श्रेष्ठ, डा. गुणाकर भट्ट र देवकुमार ढकालको नाम थियो। 

वरीयताका आधारमा डा. ढुंगाना तेस्रो स्थानमा छिन् भने मिश्र १३ औं स्थानमा। 

यसअघि गभर्नर डा. युवराज खतिवडाको पालामा पनि १३ औं स्थानका महाप्रसाद अधिकारी डेपुटी गभर्नर नियुक्त भएका थिए।

प्रकाशित: Mar 09, 2021| 15:15 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्