बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २३ अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ७५ करोडमा सीमित 

२३ अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ७५ करोडमा सीमित 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) २३.२२ अंकले घटेको छ। २४९४ बाट सुरु भएको बजार क्रमशः ओरालो लाग्दै २४६१.८८ विन्दुमा पुगेर रोकिएको हो। 
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) २३.२२ अंकले घटेको छ। २४९४ बाट सुरु भएको बजार क्रमशः ओरालो लाग्दै २४६१.८८ विन्दुमा पुगेर रोकिएको हो। 

आज २१० कम्पनीको १ करोड २४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 
मंगलबार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.४७ अंकले घटेको छ। 

होटल तथा पर्यटन समूहको सूचक ६८.११ अंकले बढेको छ। त्यस्तै, जलविद्युतको सूचक ३६.३९ र सामूहिक लगानी ०.०१ अंकले बढेको छ भने अरु समूहको सूचक घटेको छ। 

आज हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यसको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ। 

त्यस्तै, चन्द्रागिरि हिल्सको मूल्य ९.९२, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड ९.८८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.७८ र यूनाइटेड फाइनान्स लिमिटेडको सेयर मूल्य ९.७५ प्रतिशतले बढेको छ। 

सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात् ५.१८ प्रतिशतले घटेको छ।  
 

प्रकाशित: Mar 09, 2021| 09:43 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्