काठमाडौं– हुन्डाईले नेपालमा भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु १.२ एसं सार्वजनिक गरेको छ। हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दुई गाडी सार्वजनिक गरेको हो।
हुन्डाई भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु १.२ एसं भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन्। कम्पनीका अनुसार दुई इन्जिन अप्सन १.२ लिटर पेट्रोल इन्जिन (कप्पा डुअल भीटीभीटी टेक्नोलजी जसको ८३ पीएस प्रति ६ हजार आरपीएमको सर्वाधिक पावर हुन्छं) र १.० टर्बो पेट्रोल इन्जिन (कप्पा डुअल भीटीभीटी टेक्नोलोजी जसको सर्वाधिक पावर १२० पीएस प्रति ६ हजार आरपीएम हुन्छ) हुन्।
बजारमा उपलब्ध अरु गाडीको तुलनामा अघिल्लो वर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्युले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको कम्पनीको दाबी छ।
हुन्डाई भेन्यु स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल भएका विद्युत्ले मिलाउन सकिने रियर मिरर, इलेक्ट्रिक सन रुफ, क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सु–सज्जित छ। यसको आर १५ डायमन्ड कट एलोइ पांग्रा तथा रिअर क्यामेराको साथ हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिनेछ।
हुन्डाई भेन्यु १.२ एसं मा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रूपमा गरिएको छ। जसअन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिस्टल इफेक्टसहितको एलईडी डीआरएल लाइट विशेष छन्।
इन्टिलिजेज्ट म्यानुअल ट्रान्समिसनका साथ हुन्डाई भेन्यु आईएमटीले क्लचलेस ड्राइभिङ अनुभव दिन्छ। सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो इन्धन दक्षता र मजाको ड्राइभिङ अनुभव गर्न पाइन्छ। उत्कृष्ट यात्राको अनुभव गराउन हुन्डाई भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु .।२ एसं मा नवीनतम विशेषता छन्।
हुन्डाई भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु १.२ एसं का थप विशेषतामा वाइरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एयर प्युरिफायर तथा रिएर एसी भेन्ट छन्।
हुन्डाई भेन्यु १.२ एसं को सुरुवाती मूल्य ४४ लाख ५६ हजार र ह्युन्डाई भेन्युको ४४ लाख ९६ हजार रुपैयाँ कायम गरिएकोे छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १३ शोेरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।