काठमाडौं– मंगलबार सुनको मूल्य ६०० रुपैयाँ घटेको छ। सोमबार ८६ हजार २०० मा कारोबार भएको सुनको मूल्य आज ८५ हजार ६०० कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ६०० रुपैयाँ घटेको छ। सोमबार तेजाबी सुन तोलाको ८५ हजार ७५० मा कारोबार भएको थियो। आज ८५ हजार १५० कायम भएको छ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर एक हजार २५५ रुपैयाँ तोकिएको छ।