काठमाडौं– वीरगन्ज भन्सार कार्यालयले न्यून बिजकीकरण गरेर ल्याउँदै गरेका दुई वटा कन्टेनर रोकेको छ।
कन्टेनरमा ल्याइएको सिसाको मात्रा र भन्सारमा उल्लेख गरेको डकुमेन्ट नमिलेपछि भन्सारले रोकेको हो। एजेन्टले बुझाएको विवरण र आएको सामानबीच तालमेल नमिलेपछि कन्टेनर नियन्त्रणमा लिनुपरेको वीरगन्ज भन्सार अधिकृत महेश आचार्यले जानकारी दिए। आयातकर्ताले न्यून बिजकीकरण गरेर सिसा नेपाल भित्र्याउन खोजेको उनको भनाइ छ।
न्यून बिजकीकरण भएर ठूलो परिमाणमा प्रशोधित सिसा भित्रिरहेको प्रमाण फेला पारेपछि अर्थसचिव शिशिरकुमार ढुंगानाले यस्तो प्रकृतिको आयातमा निगरानी बढाउन मातहतका निकायलाई भनेका थिए।
त्यसैगरी, आन्तरिक राजस्व विभागलाई पनि यस विषयमा जानकारी गराएका थिए।