काठमाडौं– प्रभु बैंक लि. ले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाइ डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्युआर कोड हस्तान्तर गरिएको छ ।
फेवातालको बीचमा रहेको बाराही मन्दिरमा राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले क्युआर कोड हस्तान्तरण गरेका हुन्।
यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगद रहित कारोबारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।